तमानखोला गाउँपालिकामा कांग्रेस विजयी « Khabarhub

तमानखोला गाउँपालिकामा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट– बागलुङको तमानखोला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । 

पालिका अध्यक्षमा जोकलाल बूढा र उपाध्यक्षमा हिराकुमारी छन्त्याल विजयी भएका हुन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा दुई हजार २१९ मत ल्याएर निर्वाचित भएका जोकलाल बूढा यसपटक दुई हजार ७०७ मत ल्याएर पुनः गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

जिल्लाभर संयुक्त पाँच दलले गठबन्धन गरेर चुनावमा गए पनि तमानखोला गाउँपालिकामा गठबन्धन तोडेर आ–आफ्ना उम्मेदवार उठाएका छन् । गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी निसु रसाइलीलाई ८१० मत अन्तरले पराजित गर्दै नेपाली कांग्रेसकी हिराकुमारी छन्त्याल विजयी भएकी छिन् । 

छन्त्यालले दुई हजार ७१९ मत प्राप्त गर्दा रसाइलीले एक हजार ९५८ मत प्राप्त गरेका छन् । गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका देवबहादुर पुनले एक हजार ९९५ मत प्राप्त गरे । नेकपा (एमाले) का तर्फबाट अध्यक्षको उम्मेदवार बनेका देवेन्द्र छन्त्यालले ३९२ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षका उम्मेदवार तारानाथ सिपार्लीले एक मत प्राप्त गरे ।

यस्तै पाँचवटा वडा रहेको तमानखोलाको वडा नं १ मा नेकपा (माओवादी केन्द्र) का थमबहादुर रोका, वडा नं २ मा माओवादी केन्द्रका नारायण सुनार, वडा नं ३ मा कांग्रेसका झकबहादुर बूढा, वडा नं ४ मा माओवादी केन्द्रका छवि श्रीपाली, वडा नं ५ मा नेपाली कांग्रेसका हिराबहादुर श्रीपाली र वडा नं ६ मा नेपाली कांग्रेसकै चित्र छन्त्यालको प्यानल विजयी भएको छ । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ३१ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको