आत्मघाती आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले « Khabarhub

आत्मघाती आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत अप्रिल २६ मा आत्मघाती बम आक्रमणमा परी ३ जना चिनियाँ नागरिकको मृत्यु भएपछि चिनियाँहरुले धमाधम कराँची छाड्न थालेका छन् ।

गत अप्रिल २६ मा बलोचिस्तान लिबसेसन आर्मी (बिएलए) का आत्मघाती लडाकुले कराँची विश्वविद्यालयमा बम आक्रमण गर्दा तीन चिनियाँ तथा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

त्यसयता कराँची शहरबाट चिनियाँ नागरिकहरु भाग्न थालेको देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार सामाजिक सञ्जालमा भाइरल तस्वीर तथा भिडियोहरूमा विमानस्थलमा कराँची छाड्न चाहने चिनियाँहरूको भीड देख्न सकिन्छ ।

कराँचीमा आक्रमण भएयता २ हजार भन्दा धेरै चिनियाँहरु त्यहाँबाट पलायन भएको एएनआईले जनाएको छ ।

चीन पाकिस्तान आर्थिक करिडोर सिपेक परियोजनामा काम गर्ने धेरै चिनियाँ कामदारहरु कराँचीमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ५० बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना