आत्मघाती आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले « Khabarhub

आत्मघाती आक्रमणमा तीन चिनियाँ मारिएपछि चिनियाँहरुले कराँची छाड्न थाले


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत अप्रिल २६ मा आत्मघाती बम आक्रमणमा परी ३ जना चिनियाँ नागरिकको मृत्यु भएपछि चिनियाँहरुले धमाधम कराँची छाड्न थालेका छन् ।

गत अप्रिल २६ मा बलोचिस्तान लिबसेसन आर्मी (बिएलए) का आत्मघाती लडाकुले कराँची विश्वविद्यालयमा बम आक्रमण गर्दा तीन चिनियाँ तथा एक पाकिस्तानी नागरिकको मृत्यु भएको थियो ।

त्यसयता कराँची शहरबाट चिनियाँ नागरिकहरु भाग्न थालेको देखिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

एएनआईका अनुसार सामाजिक सञ्जालमा भाइरल तस्वीर तथा भिडियोहरूमा विमानस्थलमा कराँची छाड्न चाहने चिनियाँहरूको भीड देख्न सकिन्छ ।

कराँचीमा आक्रमण भएयता २ हजार भन्दा धेरै चिनियाँहरु त्यहाँबाट पलायन भएको एएनआईले जनाएको छ ।

चीन पाकिस्तान आर्थिक करिडोर सिपेक परियोजनामा काम गर्ने धेरै चिनियाँ कामदारहरु कराँचीमा बस्दै आएका छन् ।

 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ६ : ५० बजे

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय

धोबीखोला बस्तीमा पसेपछि बेहाल (तस्बिरहरू)

काठमाडौं – भारी वर्षाका कारण धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र

शिक्षामन्त्रीद्वारा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूसँग

जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै

टोकियो – जापानमा जापानी नागरिकको जनसङ्ख्या ४२ वर्षमा पहिलो पटक

सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन

काठमाडौं – सरकार र नेपाल चिकित्सक सङ्घबीच आज सहमति भएको