उजुरीउपर ध्यान दिन एमालेको आग्रह « Khabarhub

उजुरीउपर ध्यान दिन एमालेको आग्रह


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ ।

पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा पुनः मतदान र मतगणनाका लागि नेकपा एमालेले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न आग्रह गरिएको हो ।

मतदानको दिनलगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष  दिएको निवेदनअनुसार निष्पक्ष तवरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ ।

“जनताले स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित तवरबाट आफ्नो जनप्रतिनिधि छनोट गर्ने र ती जनप्रतिनिधिमार्फत राज्य सञ्चालनमा सहभागी हुन पाउनु नै लोकतन्त्रको आधारभूत पक्ष हो” विज्ञप्तिमा भनिएको छ, “यसैले संविधान निर्माणको क्रममा नेकपा एमाले राज्यको माथिल्लो तह सङ्घीय सरकारदेखि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउने पक्षमा उभिएको सबैमा विदितै छ ।”

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ३५ बजे

भड्काउ अभिव्यक्ति दिएको आरोपमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई

दुर्गा प्रसाईँलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौँ । अभियन्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरी अहिले उनको

बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

चितवन । हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा

इन्डोनेसियामा समुद्रबीच डुंगामा भीषण आगलागी, ५ जनाको मृत्यु, ४१ जना बेपत्ता

इन्डोनेसिया- आइतबार इन्डोनेसियाली समुद्रबीचमा गुडिरहेको डुंगामा आगो लाग्दा दर्जनौँ व्यक्तिको