सुनसरीको दुहबीको मेयरमा एमालेको अग्रता « Khabarhub

सुनसरीको दुहबीको मेयरमा एमालेको अग्रता


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दुहबीमा नेकपा एमाले र नेपाली कांग्रेसका मेयरका उम्मेदवारमा कडा कडा प्रतिस्पर्धा देखिएको छ । यता उपमेयरमा कांग्रेस अगाडि देखिएको छ।

 नेकपा एमालेबाट मेयरका उम्मेदवार विनयकुमार पोखरेलले २ हजार ५२ मत ल्याएर अग्रता लिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार वेदनारायण गच्छदारले १९ सय ४८ मत प्राप्त गरेका छन् । 

उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयरकी उम्मेदवार मेनुका पोखरेल खतिवडाले १८ सय २६ मत प्राप्त गरेकी छन् भने जनता समाजवादी पार्टी र नेकपा एमालेबाट गठबन्धन गरेका जसपाबाट उपमेयरका उम्मेदवार सरोज कुमार सिंहले ८ सय २९ मत प्राप्त गरेका छन् । 

यसैगरी जनमत पार्टीबाट मेयरका उम्मेदवारले १ सय ४७ मत प्राप्त गरेका छन् । राप्रपाबाट मेयरका उम्मेदवारले ७७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट मेयरका उम्मेदवारले ४४ मत प्राप्त गरेका छन् । 

स्वतन्त्रबाट मेयरका उम्मेदवारहरूले क्रमशः ३२ र १९ मत प्राप्त गरेका छन् । यसैगरी राप्रपाबाट उपमेयरका उम्मेदवारले १ सय ६० मत प्राप्त गरेका छन् । लोसपाबाट उपमेयरका उम्मेदवारले ७० मत प्राप्त गरेका छन् । माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवारले ५४ मत प्राप्त गरेका छन् । अहिले दुहबी वडा नम्बर २, ३ र १२ को मतगणना भइरहेको छ । 

अहिलेसम्म दुहबी वडा नम्बर १ बाट नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार अजुल हुसैन ९ सय २९ मतसहित वडाध्यक्षमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जाकिर मियाँले ८ सय १३ मत प्राप्त गरेका छन् । २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट अजुल हुसैन दुहबी वडा नम्बर १ मा ५ सय ४८ मत सहित वडाध्यक्षमा विजयी भएका थिए । 

२०७४ सालको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट अरविन्द विश्वासले दुहबी वडा नम्बर २ मा २ सय ८३ मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारमा दुहबी २ नम्बर वडामा ४ सय ६३ मत सहित अग्र स्थानमा छन् । 

२०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट माधव भण्डारीले दुहबी वडा नम्बर ३ मा ५ सय ४० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेकपा एमालेबाटै ३ नम्बर वडामा ३ सय ८८ मत सहित अग्र स्थानमा छन् ।

२०७४ सालको स्थानीय चुनावमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडाध्यक्षमा खुसीलाल चौधरीले दुहबी वडा नम्बर १२ मा ९ सय ९० मत सहित वडाध्यक्षमा विजयी भएका थिए भने हाल नेपाली कांग्रेसबाट १२ नम्बर वडामा २ सय ७६ मत सहित दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा