बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी « Khabarhub

बाजुराको स्वामीकार्तिकमा कांग्रेस विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मार्तडी– बाजुराको पूर्वी उत्तरी भेगको स्वामिकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरतबहादुर रोकाया र उपाध्यक्षका उम्मेदवार मैना जोशी विजयी भएको स्वामिकार्तिक खापर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार अध्यक्षमा रोकायाले दुई हजार ११ मत ल्याएर विजयी भएका हुन् । प्रतिद्वन्द्वी नेकपा एमाले चतुर्भुज शाहीले एक हजार ७५७ मत प्राप्त गरेका थिए । वाम गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका चिरञ्जीवी शाहीले एक हजार २८२ र स्वतन्त्र उम्मेदवार विमलबहादुर शाहीले ३१ मत प्राप्त गरेका थिए । 

त्यस्तै निर्वाचित उपाध्यक्ष मैना जोशीले एक हजार ८१० ल्याएर विजयी भएकी छिन् । उनकी प्रतिद्वन्द्वी नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । त्यस्तै वाम गठबन्धनको माओवादी केन्द्रका सुरेशबहादुर रोकाया एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका छन् । कांग्रेसका दुवै उम्मेदवारले २०७४ को चुनावमा पराजय भोगेका थिए । विसं २०७४ मा निर्वाचित रोकाया अहिलेका समाजवादीका उम्मेदवार चिरञ्जीवी शाहीसँग पराजय भए । 

स्वामिकार्तिकमा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धन भएको थियो । गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार थिए । वडा नं १ र २ माओवादी केन्द्र तथा ३, ४ र ५ एकीकृत समाजवादीले वडाध्यक्षमा  तालमेल गरेका थिए । 

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ७ : ४४ बजे

उपमहासचिवमा उम्मेदवारी फिर्ता लिएका गौतमको २६ मत

काठमाडौं– उपमहासचिव पदबाट उम्मेदवारी फिर्ता लिएका राजेन्द्र प्रसाद गौतमले २६

केपी ओली र शंकर पोखरेल दुवैले बढाए अग्रता

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान जारी

एमाले महाधिवेशनको प्रारम्भिक नतिजा : सचिवतर्फ पद्मा अर्याललाई बढी मत, अरुको कति ?

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी रहँदा सचिवतर्फ प्रारम्भिक

सचिवतर्फ लोकप्रिय मत पद्माकुमारी अर्याललाई

काठमाडौं- एमालेको ११ औँ महाधिवेशनको प्रारम्भिक मतपरिणामअनुसार ९ जना सचिवका

उपमहासचिवमा लेखराज र योगेशलाई उच्च मत, आनन्द र बैजनाथ कमजोर

काठमाडौं- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार बिहान सकिएको मतदानको