हरिवनको तीन वडामा कांग्रेस, एक वडामा एमाले विजयी  « Khabarhub

हरिवनको तीन वडामा कांग्रेस, एक वडामा एमाले विजयी 


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हरिवन नगरपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका वडाअध्यक्षका उम्मेदवार टम बहादुर घिसिङ, वडा नम्बर २ मा नेपाली कांग्रेसकै वडाअध्यक्षका उम्मेदवार अर्जुन कुमार योञ्जन, वडा नम्बर ३ मा नेकपा एमालेका वडाअध्यक्षका उम्मेदवार दिपमान लोप्चन र वडा नम्बर ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार केशवराज थापा विजयी भएका छन् ।

४ नम्बर वडामा थापा नेतृत्वको प्यानल नै विजयी भएको छ । ५ सय ६१ मत ल्याएर थापा विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका किशोर मिक्चनले ३ सय ५९ मत प्राप्त गरे । 

त्यस्तै १, २, ३ र ४ नम्बर वडाको मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा एमालेका मेयर र उपमेयर उम्मेदवारले निरन्तर अग्रता लिइरहेका छन् ।  मेयरतर्फ एमालेका गणेश प्रसाद प्रसाईँले दुई हजार ४ सय ८१, नेकपा एकीकृत समाजवादीका सुरेन्द्र लामाले १ हजार ४ सय ७० र नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकीले १ हजार ३ सय ३६ र कांग्रेसका राम प्रसाद मैनालीले १ हजार १ सय २१ मत प्राप्त गरेका छन् । 

त्यस्तै उपमेयरमा भने एमालेकी हरिमाया घलानले २ हजार ५ सय ५०, कांग्रेसकी सोनी कुमारी बम्जनले १ हजार ८ सय ७५, माओवादीकी पद्मा मोक्तानले १ हजार १ सय ४१ र एकीकृत समाजवादीकी सीता थापाले ७ सय ७७ मत प्राप्त गरेकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ८ : ०३ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा