एनआरटीको सुखद् शुरुवात « Khabarhub

एनआरटीको सुखद् शुरुवात


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललित स्मृती यू–१८ फुटबल च्याम्पियनसिपमा न्युरोड टिम (एनआरटी) ले सुखद् सुरुवात गरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको उद्घाटन खेलमा च्यासल युथ क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले जीत हात पारेको हो । खेलको पहिलो मिनेटमै एनआरटीले च्यासलविरुद्ध अग्रता बनाएको थियो ।

च्यासलविरुद्ध एनआरटीलाई अग्रता दिलाउन रेजिन माझीले गोल गरेका थिए । त्यस्तै, खेलको ४४ औं मिनेटमा च्यासलले एनआरटीविरुद्ध गोल फर्काएको थियो । च्यासलका लागि सिराब लो तामाङले गोल गरेका थिए । पहिलो हाफमा १–१ बराबरीमा खेलेको च्यासल सम्हालीन नसक्दा दोस्रो हाफमा तीन गोल खान पुग्यो । एनआरटीका लागि दोस्रो हाफमा क्रितिश रत्न छुन्जु, सुजन शर्मा धिताल र विवेक राईले समान एक–एक गोल गरे ।

जसमा खेलको ५४ औं मिनेटमा क्रितिशले गोल गरे भने ८१ औं मिनेटमा सुजनले गोल गर्दा एनआरटी ३–१ गोलको सहज अवस्थामा पुगिसकेको थियो । त्यस्तै, खेलको ८७ औं मिनेटमा विवेक राईले गोल गर्दै एनआरटीलाई ४–१ को जित दिलाए ।

पहिलो जीत हात पारेको एनआरटीले ३ अंक जोड्दा च्यासल अंक विहिन बन्यो । बुधबारदेखि शुरु भएको प्रतियोगितामा १४ टिमको सहभागीता जनाएको छ ।

प्रतियोगितामा थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ, जावलाखेल युथ क्लब, संकटा क्लब, सरस्वती युथ, फ्रेन्ड्स क्लब, भ्याली च्यासल, हिमालयन शेर्पा, मछिन्द्र क्लब , ब्रिगेड ब्वाईज र न्युरोड टिम एनआरटीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ५ : ३७ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको