बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ? « Khabarhub

बारामा १७ वडाको मतगणना सकियो, कसले कहाँ जिते ?


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– बारा जिल्लाको विभिन्न पालिकाहरुमा गरी अहिले सम्म १७ स्थानमा वडाअध्यक्षको मत गणना सम्पन्न भएको छ । १७ विजयी वडाहरुमा नेपाली कांग्रेस १२ स्थानमा बिजयी भएको छ भने एमाले ३ वडामा र जसपा २ वडामा विजयी भएका छन् ।

जीतपुरसिमरा उपमहानगरपालिकामाको वडा नम्बर १, २२, २४ गरी तीन वडामा कांग्रेस र २३ नं. वडामा एमालेले जित हासिल गरेको छ ।

त्यस्तै सिम्रौनगढ नगरपालिकामा नेपाली कांग्रेसले वडा नम्बर १ र २ मा जीत हात पारेको छ ।

कोल्हवी नगरपालिकामा १०, ११ मा नेपाली कांग्रेसले वडा अध्यक्षमा जित हात पारेको छ । त्यसैगरी प्रसौनी गाँउपालिकाको वडा २ मा काग्रेस विजयी भएको छ भने १ नं. वडामा एमाले जीत हात पारेको छ ।

परवानीपुर गाँउपालिकाको वडा नम्बर १ मा एमाले र , २ मा नेपाली कांग्रेसका उम्मेदवारले जीत हात पारेका हुन् ।

त्यस्तै निजगढ नगरपालिकाको वडा नम्बर १२, १३ वडाअध्यक्षमा नेपाली कांग्रेसले जित हात पारेको छ ।

त्यसैगरी करैयामाई गाँउपालिकामा वडा नम्बर १ र ८ मा क्रमश जसपा र एमाले निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरीले बताए ।

आर्दश कोतवाल गाँउपालिकाको वडा नम्बर १ मा जसपाका उम्मेदवारले जीत हात पारेका हुन् । त्यसैगरी कलैया उपमहानगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसले जित हात पारेको छ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ४५ बजे

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

सोमबार बिहानै रोल्पामा भूकम्पको धक्का

काठमाडौँ – रोल्पाको इरीवाङ आसपास केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प