पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित | Khabarhub Khabarhub

पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।

गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै बिना भट्ट विजय भएका हुन् ।

आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २हजार ४ सय ८८मत ल्याएका छन् ।

उपाध्यक्षमा एमालेकै बिना भट्टले ३हजार ६४ मत ल्याउदा गठबन्धनका उम्मेदवार नेकपा(एकीकृत समाजवादी)का राजेन्द्र चन्दले २ हजार ५ सय मत प्राप्त गरेका छन् ।

पञ्चेश्वर गाउँपालिकाको वडा नं. १ मा माओवादी केन्द्रबाट देवानीराम सार्की विजयी भएका छन् भने, वडा नं. २ मा माओवादी केन्द्रकै वीर बहादुर चन्द विजयी भएका छन् ।

वडा नं ३ मा नेकपा एमालेका मिन बहादुर चन्द बिजयी भएकाछन् । वडा नं ५ मा नेपाली कांग्रेसका नरेश चन्द ४४७ मत लिएर बिजयी हुदाँ वडा नं. ६ मा एमालेका राम सिंह पुजारा विजयी हुनुभएको छ छन् । वडा न. ६मा नेकपा एमालेका जनक बहादुर चन्द विजयी भएका छन् ।

पञ्चेश्वरमा सत्ता साझेदार दलहरुले गठबन्धन गर्दा एमाले एक्लै चुनाव लडेको हो ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ३९ बजे

गैँडाको आक्रमणबाट ६० वर्षीय वृद्धको मृत्यु

नारायणगढ– गैँडाको आक्रमणमा परी चितवनको भरतपुर महानगरपालिका–२८ का ६० वर्षीय

जलवायु परिवर्तन र मुस्ताङको सकस

काठमाडौं– जलवायु परिवर्तनले विश्वलाई प्रभावित पार्दै आइरहेको छ । यो

इरानबाट विद्यार्थीसहित १० हजार नागरिकलाई उद्धार गर्ने भारतको तयारी

नयाँदिल्ली– इजरायलयसँगको युद्ध चर्किँदै गएपछि भारतले इरानमा रहेका आफ्ना १०

आँप खाँदा आउन सक्छ पिम्पल, जोगिने यी ५ उपाय जान्नुहोस्

काठमाडौं- यो गर्मीमा आँपको स्वाद सबैलाई मन पर्छ । यसै

पूर्वउद्योगमन्त्री ढुण्डिराज शास्त्रीको निधन

अर्घाखाँची– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्री (पौडेल)को