गुल्मीको मदाने–६ मा वडा अध्यक्षमा मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी « Khabarhub

गुल्मीको मदाने–६ मा वडा अध्यक्षमा मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा नेपाली काँग्रेस उम्मेदवार मनिराम थापासहित गठबन्धनको प्यानल नै विजयी भएको छ ।

मदाने–६ मा गठबन्धनका तर्फबाट वडा अध्यक्षका उम्मेदवार मनिराम थापाले ९६२ मत ल्याएर विजयी भएका छन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार लोकहरि कुँवरले ९०३ मत प्राप्त गरे । मदाने–६ मा गठबन्धनको प्यानल नै विजयी भएको छ ।

मदाने गाउँपालिकामा हालसम्म ६ वडाको मत परिणाम आइसकेको छ । ६ मध्ये ४ वटा वडामा गठबन्धनले र २ वडामा एमालेले जितेको छ ।

गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार महेन्द्र बहादुर कुँवरले अग्रता लिएका छन् भने उपाध्यक्षमा एमालेकी सरिता खड्काले अग्रता लिएकी छिन् ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  ११ : ३० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका