कलाकार विजय लामालाई पितृशोक « Khabarhub

कलाकार विजय लामालाई पितृशोक


१ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाइलट तथा कलाकार विजय लामालाई पितृशोक परेको छ । लामाले आफू पितृशोकमा परेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

उनका पिताको दुई हप्तादेखि राजधानीको मनमोहन अस्पतालको सीसीयूमा उपचार भइरहेको थियो । स्वास्थ्यमा कठिनाइ आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

विजयले सामाजिक सञ्जालमा भावुक स्टाटस लेख्दै बुबाको निधनले आफू मर्मातहत भएको बताएका छन् ।

‘बाउ तिमी विना मलाई बस्ने बानी छैन, तिम्रो यादले निकै सताउनेछ, तर मलाई विश्वास छ, तिम्रो खुशी नै मेरो खुशी हुनेछ,’ उनले फेसबूकमा लेखेका छन् ।

‘अब म तिमीलाई कल्पनामा मात्र जिस्काउँछु है, शायद झस्किुन्छ होला तिमीलाई नपाउँदा,’ उनले लेखेका छन् ।

पार्थिव शरीरको सोमबार बुद्ध जयन्तीको दिन बौद्ध धर्म अनुसार अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : १ जेठ २०७९, आइतबार  १२ : ०५ बजे

मुस्ताङमा चार हजारभन्दा बढीको आँखा परीक्षण

मुस्ताङ- जिल्लाका पाँच पालिकामा चार हजारभन्दा बढीको आँखा परीक्षण गरिएको

भारतीय प्रतिशोधले पाकिस्तानको नेतृत्व त्रसित

इस्लामावाद- अप्रिल २२ मा जम्मू–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारतले

वैतेश्वरका सुत्केरी गृहिणीलाई नि:शुल्क इन्डक्सन चुलो 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले पालिका भित्रका सुत्केरी महिला आमाहरूलाई विद्युतीय

एनपिएल ट्रफीसहितको टोली सम्मानित

गुल्मी- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सको