बुद्धजयन्तीमा उपराष्ट्रपति पुनले भने- 'अहिंसाको बाटोमा अगाडि बढ्न सकिन्छ' | Khabarhub Khabarhub

बुद्धजयन्तीमा उपराष्ट्रपति पुनले भने- ‘अहिंसाको बाटोमा अगाडि बढ्न सकिन्छ’


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गरेका छन् ।

बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उनले बुद्धका उपदेश र मागदर्शनको अवलम्बन गरी विश्व समुदायलाई शान्ति र अहिंसाको बाटोमा अगाडि बढाउन सकिने बताए ।

गौतबुद्धको ज्ञानको सान्दर्भिकता समकालीन विश्वमा अझ बढेर गएको बताउँदै उनले बुद्धका विचार विश्व शान्ति र मावन कल्याणका लागि आज पनि उत्तिकै महत्व रहेको जनाए ।

बुद्धजयन्तीकै अवसर पारेर बुद्धको जन्ममूमिमा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन हुनुले आफू अत्यन्त खुसी भएको जनाउँदै उपराष्ट्रपतिले यसबाट धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

यसैगरी उपराष्ट्रपति पुनले किराँत राई समुदायको उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किरात दिदीबहिनी तथा दाजुभाइमा पनि शुभकामना व्यक्त गरे।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ३९ बजे

आज एघारौँ चुरे संरक्षण दिवस मनाइँदै

काठमाडौं– राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति स्थापनाले अवसर पारेर

सुदूरपश्चिम बजेट : ३३ अर्ब ४७ करोड, कृषि र पूर्वाधारमा जोड 

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि

इजरायलमा बिहानै इरानको मिसाइल प्रहार : जेरुसेलम र तेल अभिभमा उद्धार टोली

जेरुसेलम – इजरायलमा इरानले बिहानै मिसाइल प्रहार गरेको छ। तेल

वीरगञ्ज भन्सारबाट ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष (आव)को ११ महिनामा

सडक सञ्जालमा जोडियो ढोरपाटन

म्याग्दी- म्याग्दी र बागलुङको ढोरपाटन जोड्ने सडकको ट्याक (मार्ग) जोडिएको