गोदावरी –३ को अध्यक्षमा अभिनेता राज विजयी « Khabarhub

गोदावरी –३ को अध्यक्षमा अभिनेता राज विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता राज घिमिरे (सानु राजा) गोदावरी नगरपालिका वडा नं ३ को अध्यक्षमा विजयी भएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका उनी १ हजार ५९ मतसहित विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राम आचार्यले १ हजार ४८ मत प्राप्त गरेका छन् ।

घिमिरे अघिल्लो पटक स्थानीय निर्वाचनमा यसै वडाबाट पराजित भएका थिए ।

घिमिरेले केही अगाडि आफूले जिते अध्यक्षको हैसियतले पाउने कुनै पनि सरकारी सुविधा नलिने घोषणा गरेका थिए ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफूले पाउने सेवा सुविधा गरिब तथा जेहन्दार विद्यार्थीका लागि खर्च गर्ने योजना सुनाएका छन् । 

नेपाली फिल्म चपली हाइटको अभिनयबाट परिचित बनेका उनले केही फिल्मसँगै म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १२ : ५१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा