भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको भाउ बढ्यो « Khabarhub

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि गहुँको भाउ बढ्यो


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी आक्रमण जारी रहेको अवस्थामा भारतले पनि गहुँको निर्यातमा प्रतिबन्ध लगाएपछि अन्नको भाउ बढेको छ ।

भारतको घोषणासँगै शिकागोको गहुँ सूचकाङ्क झन्डै ६ प्रतिशतले बढेको बीबीसीले जनाएको छ ।

भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाएसँगै शिकागोको गहुँ सूचकाङ्क ५.९ प्रतिशतले बढेर दुई महिना यताकै उच्च विन्दुमा पुगेको बीबीसीले जनाएको छ ।

विनाशकारी ताप लहर फैलिएपछि भारतले गहुँको निर्यातमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो । यद्यपि प्रतिबन्ध दीर्घकालीन नभएको र यो निर्णय फिर्ता लिन सकिने भारतीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यद्यपि भारतको यो निर्णयलाई विश्वका ठूला ७ अर्थतन्त्रको समूह जी ७ का कृषि मन्त्रीहरुले निन्दा गरेका छन् । विश्वको दोस्रो ठूलो गहुँ उत्पादक भएपनि भारतमा गहुँको उत्पादनको खपत स्थानीय बजारमा बढी हुने र भारतले कम मात्र गहुँको निर्यात गर्ने बताइन्छ ।

तर विश्वका ठूला गहुँ उत्पादक मुलुकहरु युक्रेन र रुस युद्धमा होमिएकाले व्यापारीहरुले बजारमा रुसी र युक्रेनी गहुँलाई भारतीय गहुँले प्रतिस्थापित गर्ने अपेक्षा गरेका थिए ।

यद्यपि भारतले समेत निर्यातमा प्रतिबन्ध लगाएपछि विश्वभर गहुँ र खाद्यान्नको मूल्य बढ्ने चिन्ता उत्पन्न भएको छ । प्रतिबन्ध घोषणा गर्नुअघि भारतले यो वर्षमात्रै १ करोड टन गहुँ निर्यात गर्ने लक्ष्य राखेको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  २ : २४ बजे

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६