जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ


१८ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा नेपाल प्रहरीले हालसम्म १४१ वटा मुद्दा दर्ता गरेको छ भने ३७५ जना अभियुक्तहरू पक्राउ परेका छन्।

क्षेत्रगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा सर्वाधिक मुद्दा दर्ता भएको देखिन्छ। उपत्यकामा ९६ वटा मुद्दा दर्ता भएका छन् भने २१८ जना अभियुक्तहरू पक्राउ परेका छन्।

कोशी प्रदेशमा ४ वटा मुद्दा दर्ता भएका छन् भने ३० जना पक्राउ परेका छन्। मधेस प्रदेशमा ६ वटा मुद्दा दर्ता भई २१ जना पक्राउ परेका छन्।

बागमती प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने ३३ जना अभियुक्तहरू पक्राउ परेका छन्। गण्डकी प्रदेशमा ७ वटा मुद्दा दर्ता भएका छन् र ३२ जना पक्राउ परेका छन्।

लुम्बिनी प्रदेशमा ११ वटा मुद्दा दर्ता भएका छन् भने २९ जना पक्राउ परेका छन्।

कर्णाली प्रदेशमा ३ वटा मुद्दा दर्ता भई ४ जना पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेशमा ३ वटा मुद्दा दर्ता भएका छन् भने ८ जना पक्राउ परेका छन्।

पक्राउ परेकाहरू माथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, अभद्र व्यवहार र हातहतियार खरखजना मुद्दा दर्ता गरिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  १० : ५७ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको