बालेनको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवा पक्राउ | Khabarhub Khabarhub

बालेनको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवा पक्राउ


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ–  काठमाडौँका मेयरका उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाजी गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

 बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाँल र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

हारजितलाई लिएर सट्टेबाजी गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले जानकारी दिए । विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् । 

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित बाजी राखेको विषय सार्वजनिक भएको थियो । सो सट्टेबाजी सम्बन्धी कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरूलाई पक्राउ गरिएको डिएसपी लम्सालले बताए । ‘फलानोले जित्यो भने यती गर्छु, उति गर्छु भनेर बाजी राख्नु भनेको सट्टेबाजी नै हो । 

यो गर्न पाइँदैन,’ लम्सालले भने, ‘सामान्य हिसाबले हेर्दा यो सामान्य विषयवस्तु हो तर कानुनका हिसाबले हेर्दा यो अपराध हो ।’

Avatar

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५० बजे

पार्किङबाट निकाल्दै गर्दा ब्रेक फेल भएर ऐना पहराबाट खस्यो बस

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट

पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नाम

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जका पूर्वसंरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा ‘तमोरकली’

पर्वतीय पर्यटनका पथप्रदर्शकलाई तालिम

गण्डकी– नेपाल पर्वतारोहण सङ्घ, गण्डकी प्रदेश र नेपाल पर्यटन बोर्ड,

युक्रेन वार्ताका लागि अमेरिकी विशेष दूत रुस जाने

मस्को– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ युक्रेनी

साउदी अरबमा एकै दिनमा आठ जनालाई मृत्युदण्ड

रियाद- साउदी अरबमा लागूऔषधसम्बन्धी अभियोगमा मृत्युदण्डको सजायको प्रयोगमा वृद्धि भइरहेका