ब्रम्हपुरीमा कांग्रेसले गर्‍यो लोसपालाई ‘क्लिनस्विप’ « Khabarhub

ब्रम्हपुरीमा कांग्रेसले गर्‍यो लोसपालाई ‘क्लिनस्विप’


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा नेपाली कांग्रेसले ‘क्लिनस्विप’ गरेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित सात वटै वडामा नेपाली कांग्रेसका प्यानलसहित विजयी भएको हो ।

अघिल्लो निर्वाचनमा राजपाबाट निर्वाचित भई हाल लोसपाको पोल्टामा रहेको गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षसहित सबै पदमा कांग्रेसले विजय निकालेको हो ।

ब्रम्हपुरी गाउँपालिकाको अध्यक्षमा राम पदारथ साह तेलीले ४ हजार ६ सय ६८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका विनोदकुमार शाहले ३ हजार २ सय ७१ मत मात्र ल्याए ।

त्यस्तै जसपाका विरेन्द्रकुमार रायले १ हजार ९ सय ७, नेकपा माओवादी केन्द्रका कृष्ण रायले १ हजार ४ सय ८०, नेकपा एमालेकी रिता कुमारीले ५ सय २ मत ल्याए।

उपाध्यक्षमा कांग्रेसकी श्यामकला यादवले ४ हजार ६ सय १० मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी गीतादेवी रायले ३ हजार १ सय ११ मत मात्र ल्याइन् । जसपाकी उर्मिला देवीले २ हजार १ सय ९५, एमालेका कोपिन्द्रराय यादवले ५ सय ८९ ल्याए।

यस्तो छ वडाको नतिजा

वडा नम्बर१ को वडाध्यक्षमा निरञ्जनप्रसाद कलवार विजयी भएका छन् । निरञ्जनले ५ सय ७० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका नगिना प्रसादले ५ सय ३४ मत प्राप्त गरे ।

वडा नम्बर२ मा शंकर साह तेली निर्वाचित भएका छन् । शंकरले ६ सय ९१ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका राजेन्द्र साह तेलीले ६ सय २७ मत मात्र प्राप्त गरे ।

वडा नम्बर ३ मा गौतम कुमार यादव निर्वाचित भए । गौतमले ७ सय २ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका श्याम ईन्दल साहले ४ सय ८३ मत प्राप्त गरे ।

वडा नम्बर ४ मा श्याम बाबु साह विजयी भए । श्यामबाबुले ७ सय ४४ मत ल्याउँदा लोसपाका शेख अताउर रमानले ६ सय १४ मत पाए ।

वडा नम्बर ५ को वडाध्यक्षमा नवीन कुमार यादव निर्वाचित भए । नविनले ४ सय ६९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका योगेन्द्र राय कुर्मीले ३ सय ८१ मत मात्र प्राप्त गरे ।

वडा नम्बर ६ मा हिरेन्द्र कुमार यादव निर्वाचित भएका छन् । हिरेन्द्रले १ हजार १ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका श्यामबाबु रायले ५ सय ३४ मत मात्र पाएका छन् ।

वडा नम्बर ७ मा रामसागर महतो कोइरी निर्वाचित भए । रामसागरले ५ सय ७८ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी जसपाका श्यामसुन्दर यादवले ४ सय ५७ मत मात्र प्राप्त गरे ।

विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका ब्रम्हपुरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष रामपदारथ साह सुनिल कुमार थापासँगै कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १ : ०८ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ