रसुवाको नौकुण्डमा कांग्रेस विजयी « Khabarhub

रसुवाको नौकुण्डमा कांग्रेस विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत कल्पनाकुमारी खतिवडाले जानकारी दिए । यसअघि लामा सोही गाउँपालिकाको उपाध्यक्ष थिए  । 

यसैगरी उपाध्यक्षमा एमालेका चन्द्रबहादुर तामाङले दुई हजार नौ सय चार मत प्राप्त गरी विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादी का भुमे लामाले एक हजार नौ सय ५१ मत प्राप्त गरेका छन् ।

यस्तै सो गाउँपालिकाको छ वडामध्ये १, ४, ५ मा कांग्रेसका क्रमशः कान्छा तामाङ, ज्ञानी वाइवा र श्यामबहादुर थिङ, वडा नं २, ३, ६ मा एमालेका क्रमशः ङाफुबाबु थोक्रा, नोकेन्द्रदेव नेकोर र योनुर्पु तामाङ अध्यक्षमा विजय भएका छन् ।

गोसाइँकुण्ड, आमाछोदिङ्मो, कालिका, उत्तरगया गाउँपालिकाको मत परिमाण यसअघिनै घोषणा भइसकेको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ०६ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको