धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी   | Khabarhub Khabarhub

धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी  


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

 जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् । 

धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार शाहले ९९ मत अन्तरले विजयी भएका हुन् ।साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जिवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रञ्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् ।

सोमवार दिनभर उक्त पालिकामा मतपत्र लिएर दलहरू बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पहल गरेपछि दलहरू मतगणना गर्न तयार भएका थिए । यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ०० बजे

मुख्यमन्त्री शाह र धनगढी उप-महानगरपालिका नगर प्रमुख हमालबीच भेटवार्ता

काठमाडौं– सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कमल बहादुर शाह र धनगढी उप-महानगरपालिका

हस्ताक्षर अभियानबारे शेखरको अडान : सरकारले गर्ने अरू धेरै काम छन्, अलोकप्रिय कदम नचालौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मंगलबार सिंहदरबारस्थित संसदीय

चट्याङ लागेर एक जनाको मृत्यु, सात घाइते

बागमती– चट्याङ लागेर मकवानपुरको मनहरी गाउँपालिका– ६ हाङलाङमा आज एक

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

कैलाली– कैलालीको गेटा आँखा अस्पतालबाट गत आर्थिक वर्ष २०८१/८२ मा