अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने « Khabarhub

अमेरिकाले क्युबामाथिको प्रतिबन्धलाई सहज बनाउने


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ ।

क्युबाली नागरिकका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

यस कदमले क्युबाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले क्युबामाथि गरेको खुकुलोलाई कडाइ गर्दै सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि प्रतिबन्ध लगाएको हो ।  

ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध  र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।

तर, बाइडेन प्रशासनको कदमलाई क्युबाले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : २५ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले