भारतीय चन्द्रअभियान ‘चन्द्रयान–२’ सार्वजनिक « Khabarhub

भारतीय चन्द्रअभियान ‘चन्द्रयान–२’ सार्वजनिक


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– आगामी सेप्टेम्बरमा चन्द्रमामा अवतरण गर्ने लक्ष्य लिइएको चन्द्रयान–२ नामक भारतीय अन्तरिक्षयान सार्वजनिक गरिएको छ ।

भरतको अन्तरिक्षसम्बन्धी अनुसन्धान संगठन इस्रोले चन्द्रयान–२ नामक अभियानमा प्रयोग हुने अन्तरिक्षयान सार्वजनिक गरेको हो । चन्द्रयान आगामी शनिबार दक्षिणी भारतको आन्ध्र प्रदेश राज्यस्थित श्रीहरिकोटा अन्तरिक्षयान प्रक्षेपण केन्द्रबाट प्रक्षेपण हुने र आगामी सेप्टेम्बर ६ मा चन्द्रमामा पुग्ने लक्ष्य राखिएको छ ।

यो अभियान सफल भए भारत चन्द्रमामा सफलतापूर्वक अवतरण गर्ने चौथो मुलुक बन्नेछ । यसअघि रुस, अमेरिका र चीनले मात्रै चन्द्रमामा आफ्ना अभियानको सफल अवतरण गरेका थिए । हालै इजरायलले चन्द्र अभियानको अवतरण प्रयास असफल भएको थियो ।

अवतरित यानले यसअघि अनुसन्धान नगरिएको चन्द्रमाको दक्षिणी ध्रुवमा पुगेर अनुसन्धान गर्ने इस्रोले जनाएको छ । यसले चन्द्रमामा पृथ्वीको १४ दिन बिताउने जनाइएको छ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रयान–१ नामक आफ्नो पहिलो चन्द्र अभियान प्रक्षेपण गरेको थियो । चन्द्रमाको परिक्रमा गरी अनुसन्धान गर्ने गरी प्रक्षेपण गरिएको उक्त अभियानसँग ग्राउण्ड स्टेशनको सम्पर्क ३ सय १२ दिन पछि टुटेको थियो ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : १९ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा