मोदीले पाकिस्तानी आकाश प्रयोग नगर्ने « Khabarhub

मोदीले पाकिस्तानी आकाश प्रयोग नगर्ने


२९ जेठ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले किर्गिजस्तानको राजधानी विस्खेकमा हुने साङ्घाई सहयोग संगठनको सम्मेलनमा सहभागी हुन जाँदा पाकिस्तानी आकाशको प्रयोग नगर्ने भएका छन् ।

भारतको परराष्ट्र मामिला मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार विस्खेकको भ्रमणमा जानका लागि हवाईमार्गका दुई विकल्पबारे चर्चा भएको थियो । पछि भने ओमन, इरान र मध्य एशियाली मुलुकहरुबाट मोदीको विमान लगिने निर्णय लिइएको छ । साङ्घाई सहयोग संगठनको सम्मेलन यसैसाता विस्खेकमा हुँदैछ ।

यसअघि पाकिस्तानले मोदीको विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिने जनाएको थियो ।

गत फेब्रुअरीमा दुई मुलुकबीचको सम्बन्धमा दरार उत्पन्न भएपछि पाकिस्तानले भारतीय विमानलाई आफ्नो आकाश प्रयोग गर्न दिएको छैन ।

प्रकाशित मिति : २९ जेठ २०७६, बुधबार  ९ : २६ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६