बकैयामा गठबन्धन विजयी : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी « Khabarhub

बकैयामा गठबन्धन विजयी : अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा माओवादी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा – मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका धर्मराज लामिछाने विजयी भएका हुन् ।

लामिछानेले ११ हजार २९२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सरला बोलखेले ७ हजार ६६ मत प्राप्त गरिन् भने राप्रपाका रामप्रसाद दाहालले ३६९ मत र  नेकपा एकीकृत समाजवादीका नारायण प्रसाद तिमल्सिनाले १३२ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्ष पदमा गठबन्धनबाट नेकपा माओवादीका भक्त बहादुर खत्री विजयी भएका छन् । खत्रीले ९ हजार ५२२ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर स्याङ्तानले ७ हजार ६५२ मत प्राप्त गरे ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ९ : ५१ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी