परशुरामको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी « Khabarhub

परशुरामको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छ्न् ।

मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याए । डायमण्ड विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भए। एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गरे ।

उपमेयरमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कलावती बोहराले चार हजार ५९३ मत ल्याए ।

१२ वडा रहेको नगरपालिकामा वडा नं १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : ४० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी