परशुरामको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी « Khabarhub

परशुरामको मेयरमा कांग्रेस, उपमेयरमा माओवादी विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – परशुराम नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका भरत बडायर जोशी निर्वाचित भएका छ्न् ।

मङ्गलबार सकिएको गणनामा जोशी पाँच हजार ९४१ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका शेरसिंह माल डायमण्डले पाँच हजार ८०५ मत ल्याए । डायमण्ड विसं २०७४ को स्थानीय तह निर्वाचनमा पनि कांग्रेसका उम्मेदवार भीमबहादुर साउदसँग ५४५ मतले पराजित भए। एमालेबाट प्रमुखका उम्मेदवार केशव बोहराले दुई हजार ६०६ मतमात्रै प्राप्त गरे ।

उपमेयरमा माओवादीका विमला महताले पाँच हजार ८८५ मत ल्याएर विजयी भए भने निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कलावती बोहराले चार हजार ५९३ मत ल्याए ।

१२ वडा रहेको नगरपालिकामा वडा नं १, ४, ५, ७, ९, १० र १२ गरी ७ वडामा माओवादी केन्द्रले पहिलो स्थानमा छ । वडा नं २, ३, ६, ८ र ११ गरी पाँच वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  १० : ४० बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार