काभ्रेपलाञ्चोकको खानीखोलामा गठबन्धन निर्वाचित | Khabarhub Khabarhub

काभ्रेपलाञ्चोकको खानीखोलामा गठबन्धन निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएको छ । अध्यक्षमा (नेकपा माओवादी केन्द्र) का इन्द्रबहादुर थिङ र उपाध्यक्षमा नेपाली कांग्रेसका दोर्जेमान जिम्बा विजयी भएका हुन् ।

अध्यक्ष पदमा विजयी थिङले कूल आठ हजार १४६ मतमा चार हजार ४८५ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का शेखर लामाले तीन हजार १५६ मत प्राप्त गरेका छन । त्यस्तै उपाध्यक्ष पदमा जिम्बाले चार हजार ३२८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका रुकमेणी गुरुङले दुई हजार ९८७ मत प्राप्त गरेका छन् ।

मतपरिणामअनुसार वडा नं १ मा माओवादीका सन्तमान थिङले ५४८ मत ल्याएर विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी एमालेका आशराम गोलेले ५४७ मत प्राप्त गरेका छन्  । वडा नं २ मा कांग्रेसका दशरथ लामाले ४९८ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका इन्द्रबहादुर थिङले ४६६ मत प्राप्त गरेका छन् । वडा नं ३ मा नेकपा (माओवादी केन्द्र) का सागर लामाले ५५० त प्राप्त गरे विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका जयबहादुर लुंगेली मगरले २३९ मत प्राप्त गरेका छन् । वडा नं ४ मा माओवादीकै निशान मोक्तानले ४०६ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका क्षेत्रबहादुर वाइबाले ३६४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी वडा नं ५ माओवादीकै बुद्धिबहादुर स्याङ्तानले ५३३ मत प्राप्त गरी विजयी भएको छ भने निकटतम प्रतिस्पर्धी एमालेका दुर्गाप्रसाद तिमल्सिनाले ४२४ मत प्राप्त गरे । वडा नं ६ मा कांग्रेसका बृहस्पति घिसिङ ८४१ मत प्राप्त गरी विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका मानबहादुर गोलेले ६३१ मत प्राप्त गरे भने वडा नं ७ मा नेकपा एमाले रामबहादुर मुक्तानले ७४१ मत प्राप्त गरी विजयी भएको छ भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका क्षेत्रमान घ्याबाले ७२० मत प्राप्त गरे ।

जिल्लामा हालसम्ममा दुई पालिकाको नतिजा सार्वजनिक भएकोमा कोसीपारिस्थित भुम्लु गाउँपालिकामा पनि गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी भएको छ ।

 अन्य पालिकाको मत गणना कार्य जारी रहेकामा धुलिखेल नगरपालिकाको भने विवादका कारण अहिले रोकिएको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : १२ बजे

करेन्ट लागेर एक जनाको मृत्यु

रुपन्देही– समम्मरीमाई गाउँपालिका-४ जिगिना बस्ने ३२ वर्षीय मनगाठु लोधको करेन्ट लागेर सोमबार

इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई भारतले निकाल्यो

काठमाडौं– भारतले इरानको राजधानी तेहरानमा रहेका आफ्ना विद्यार्थीलाई त्यहाँबाट निकालेको

‘कुलिङ पिरियड’बारे पत्रकारलाई प्रधानमन्त्रीको जवाफ- मैले प्रतिक्रिया बोकेको छैन बाबु

काठमाडौं- ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा

अष्ट्रेलियाले इरानबाट आफ्ना नागरिक निकाल्ने तयारी गर्दै

सिड्नी- अष्ट्रेलिया सरकारले इरानबाट नागरिकहरू निकाल्ने तयारी गरिरहेको मङ्गलबार एक

रास्वपाको नीलो स्कार्फबारे सभामुखले भने- दलहरू आफैं मर्यादामा बस्‍नुपर्छ

काठमाडौं- सभामुख देवराज घिमिरेले नीलो स्कार्फ लगाएर संसद्‍मा छिरेका राष्ट्रिय