कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी | Khabarhub Khabarhub

कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयरमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा विनोद रेग्मी निर्वाचित भएका छन् । कालिका–६ का निवर्तमान वडाध्यक्ष रेग्मी १४३ मत अन्तरले विजयी भएका हुन् ।

रेग्मीले १० हजार ७१४ मत ल्याउँदा पाँचदलीय गठबन्धनबाट कांग्रेसका शिवराम केसीले १० हजार ५७१ मत प्राप्त गरे । अन्तिम चरणमा मेयरका दुवै उम्मेदवारको गृह वडा कालिका-६ मा रेग्मी र केसीबीच कडा प्रतिस्पर्धा भएको हो । 

उपमेयरमा एमालेकी विमला तामाङ ७६१ मतअन्तरले विजयी भइन् । तामाङले १० हजार ४४९ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी सविता लामाले नौ हजार ६८८ मत प्राप्त गरिन् । कालिकाका ११ वडामध्ये एमालेले पाँच, कांग्रेसले चार र माओवादी केन्द्रले दुई वडा जितेका छन् । कालिका नगरपालिका-१ को अध्यक्षमा कांग्रेसका सन्तवीर स्याङ्तान ८९६ मत ल्याएर निर्वाचित भए । स्याङ्तानले निकटतम प्रतिस्पर्धी एमालेका बुद्धि बोम्जनलाई ५३ मतान्तरले पराजित गरे । बोम्जनले ८४३ मत प्राप्त गरे । 

कालिका-२ मा एमालेको प्यानल नै विजयी भयो । वडाध्यक्षमा लक्ष्मण पौडेल ११ सय ९४ मत ल्याएर निर्वाचित भए । पौडेलले निकटतम प्रतिस्पर्धी कांग्रेसका जनार्दनप्रसाद दाहाललाई २४५ मतान्तरले पराजित गरे । दाहालले ९४९ मत ल्याएका थिए । कालिका-३ को अध्यक्षमा माओवादी केन्द्रका वीरेन्द्र तामाङ एक हजार ५२ मत ल्याएर विजयी भए । वडामा माओवादीको प्यानल नै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी एमालेका हरिप्रसाद अधिकारीले ८९२ मत मात्रै प्राप्त गरे । 

कालिका-४ को अध्यक्षमा एमालेका मकरमान श्रेष्ठको प्यानल नै विजयी भएको छ । श्रेष्ठले ७६५ म ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका कोमलबहादुर श्रेष्ठ ६४० मत प्राप्त गरे । 

 कालिका-७ को अध्यक्षमा कांग्रेसका कमलराज मोक्तान १२ सय ७४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका भोजराम थपलियाले १२ सय ४० मत ल्याए । कालिका-८ को अध्यक्षमा माओवादीका चित्रबहादुर मगर १२ सय ५१ मत ल्याएर विजयी भए । निकटतम प्रतिस्पर्धी एमालेका युवराज गुरुङले १२ सय ४६ मत ल्याए । कालिका-९ को अध्यक्षमा एमालेका निलकण्ठ मगर विजयी भएका छन् । उनले ९७२ मत ल्याएर विजयी भएका हुन् । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार वीरबहादुर थापाले ९४८ मत प्राप्त गरे । 

कालिका-१० को अध्यक्षमा कांग्रेसका नरजंग प्रजा ४९२ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी एमालेका धनवीर प्रजाले ३०१ मत मात्रै प्राप्त गरे ।

कालिका-११ को अध्यक्षमा एमालेका कृष्णबहादुर प्रजा ५१३ मत ल्याएर निर्वाचित भए । निकटतम प्रतिस्पर्धी कांग्रेसका वकिल चेपाङले ४६३ मत ल्याए पनि निर्वाचित हुन पर्याप्त भएन ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ३ : २० बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको