खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी « Khabarhub

खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– जिल्लाको खत्याड गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अजबहादुर शाहीले ३ हजार ५२१ मत ल्याई निर्वाचित भएका छन् ।उनका  निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लालबहादुर मल्लले २ हजार ६२१ मत प्राप्त गरेका थिए । मल्ल लाई शाही ९ सय मतान्तरले फरक पारेका छन् । 

गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार सरिता रोकायाले ४ हजार ५४८ मत प्राप्त गरी निर्वाचित भएकी छन् । रोकायाले २ हजार ४९ मतान्तरमा विजयी भएकी हुन् ।  रोकायाकी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कविता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेका थिए ।

जम्मा ११  वटा वडा रहेको खत्याड गाउँपालिकामा माओवादीले २०७४ सालको निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहित ४ वटा वडा जितेका थियो भने अहिले ३ वटा वडामा मात्र जित हात पारेको छ ।

यस निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ६ : २८ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी