चापाकोट नगरपालिकामा कांग्रेस विजयी « Khabarhub

चापाकोट नगरपालिकामा कांग्रेस विजयी


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

प्रमुखमा कांग्रेसका देवबहादुर खाँण ९३५ मतान्तरले विजयी भएका छन् । उनले सात हजार ४९० मत प्राप्त गरे । उनका प्रतिस्पर्धी एमालेका राजु कोइरालाले ६ हजार ५५५ मत ल्याए ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसकै इशा राना एक हजार ३७ मतान्तरले विजयी भए । उनले सात हजार ४१३ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी सृष्टि मल्लले ६ हजार ३७६ मत ल्याए । कूल १० वटा वडा रहेको चापाकोट नगरपालिकाका– ३, ४, ५, ६, ८ मा नेपाली कांग्रेस, १, २, ७, ९ र १० मा नेकपा एमालेका वडा अध्यक्ष विजयी भए ।

चापाकोट नगरपालिकामा २१ हजार ५४६ मतदाता रहेकोमा १४ हजार ५०६ जनाले मतदान गरेका थिए । विसं २०७४ को स्थानीय तह निर्वाचनमा चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखसहित बहुमत वडाध्यक्षमा पनि कांग्रेस विजयी भएको थियो ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : १५ बजे

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र

समानुपातिकतर्फ नेकपाले दियो युवा नेताहरू र जेन-जीलाई अवसर

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले फागुन