सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित « Khabarhub

सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित


४ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका संविधान सभा सदस्य समेत रहेका इस्तियाक अहमद खान ९ हजार १३४ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीकाका उम्मेदवार पूर्व मेयर सागर प्रताप राणाले ८ हजार १३७ मत प्राप्त गरे । २०७४ को चुनावमा हार व्योहोरेका राणा ९ सय ९७ मतान्तरले पछाडि परे । निर्वाचित खान मतगणना सुरु भएदेखि नै अग्रता लिइरहेका थिए ।

यस्तै नगरपािलको उपप्रमुखमा भने एमालेकी उमा अधिकारी निर्वाचित भएकी छन् । अधिकारीले ८ हजार ८ सय १३ मत पाएर निर्वाचित भईन भने उनकी प्रतिद्वन्दी राप्रपाकी विनिता गुप्ताले ६ हजार ५४४ मत ल्याइन् ।

यस्तै गठबन्धनबाट उपमेयरको उम्मेदवारी पाएकी माओवादी केन्द्र की कमला थापाले ४ हजार ५ सय ९२ मत ल्याइन । पालिकामा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भए पनि एमालेले उपप्रमुख जितेकोे छ । १३ वडा रहेको सिद्धार्थनगरमा ४४ हजार ६ सय ५२ मतदाता छन जसमध्ये ३२ हजार ६७ जनाले मताधिकार प्रयोग गरेका थिए ।

१३ वडा मध्ये कांग्रेसले ५ वटा, एमालेले ४वटा वडामा, राप्रपाले ३ वटा र जसपाले एक वडामा विजय निकालेको छ ।

वडा नम्बर एक बाट ७ सय ५८ मत ल्याई जसपाका उज्जवल पोखरेल, दुई बाट ४ सय ४३ मत ल्याई राप्रपाका छेदीलाल श्रीवास्तव, तीनबाट ८ सय ७ मत ल्याई नारायण उपाध्याय, चारबाट ९ सय ७ मत ल्याई मुक्तिनाथ यादव, पाँचबाट २ सय ६५ मत ल्याई नेपाली कांग्रेसका पुरन प्रसाद श्रेष्ठ, छ का एक हजार १ सय ५ मत ल्याई नेपाली कांग्रेसकै विरेन्द्र नाथ श्रीवास्तव, सातबाट ५ सय ३३ मत ल्याई दामोदर शर्मा घिमिरे, र वडा नम्बर ८ बाट पनि नेपाली कांग्रेसकै राजनजँग राणा १४ सय ८४ मत ल्याई विजयी बनेका छन् ।

यस्तै वडा नम्बर ९ बाट ८ सय ९४ मत ल्याई एमालेका शेषकान्त भण्डारी, वडा नम्बर १० बाट एक हजार एक मत ल्याई एमालेका सुर्जमन अहिर, वडा नम्बर ११ बाट ४ सय ८२ मत ल्याएर एमालेका दिलीप कुमार यादव, वडा नम्बर १२ बाट ६ सय ५५ मत ल्याएर एमालेका कुमार गुरुङ र वडा नम्बर १३ बाट सोम बहादुर गुरुङले ६ सय ९३ मत ल्याएर विजयी बनेका छन् । वडामा आएका ८ अनुहार नयाँ रहेको छ ।

प्रकाशित मिति : ४ जेठ २०७९, बुधबार  ११ : ५७ बजे

पत्रकारको प्रश्नले रिसाएका प्रचण्डले भने : मरेपछि स्थिरता हुन्छ

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड सोमबार २४

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान

काठमाडौं– सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन

‘हिमालयन गोल्ड’को टिजर : कर्माको रहस्यमयी लुक्स र सुनीलको डाइलग मुख्य आकर्षण

काठमाडौं – देशको सबैभन्दा ठूलो मल्टिप्लेक्सन चेन क्यूएफएक्सका हलहरूमा हिमालमा

उद्योग वाणिज्य महासङ्घका थप तीन विषयगत समिति गठन

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घअन्तर्गत थप तीन वटा विषयगत समितिले

राष्ट्र बैंक ऐनमा ‘डिजिटल करेन्सी’

काठमाडौं– नेपाल राष्ट्र बैंक ऐन, २०५८ संशोधन विधेयकमा ‘डिजिटल करेन्सी’लाई