प्रधानसेनापतिद्वारा बेलिब्रिजको उद्घाटन  « Khabarhub

प्रधानसेनापतिद्वारा बेलिब्रिजको उद्घाटन 


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रधानसेनापति प्रभुराम शर्माले गोरखा जिल्लास्थित बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजना अन्तर्गत माछा खोलामा नवनिर्मित बेलिब्रिजको उद्घाटन गरेका छन् । 

उद्घाटन कार्यक्रममा रक्षा सचिव किरण राज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, सडक विभागका निमित्त महानिर्देशक शिव प्रसाद नेपाल, उप महानिर्देशक उमेश विन्दु श्रेष्ठ, स्थानीय जनप्रतिनिधिहरू र नेपाली सेनाका रथी तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रम पश्चात प्रधानसेनापति शर्माले बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ्ग सडक आयोजनाको निर्माणाधीन सडक खण्डको हेलिकप्टरमार्फत निरीक्षण गरेका थिए । उनले आयोजनाको प्रगति विवरण लगायत विविध पक्षका बारेमा जानकारी समेत लिएको नेपाली सेनाले जनाएको छ । 

‘नेपाली सेनाद्वारा गरिएका यस प्रकारका विकास निर्माणका कार्यहरूले समग्र देश विकासमा टेवा पुर्‍याउनुका साथै नागरिक–सैनिक सम्बन्ध थप सुमधुर हुने विश्वास नेपाली सेनाले लिएको छ,’ नेपाली सेनाद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ३ : ३९ बजे

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका