हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता « Khabarhub

हेटौँडामा गठबन्धनकी उम्मेदवार लामाको निरन्तर अग्रता


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा- हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिनाकुमारी लामाले आफ्नो अग्रतालाई निरन्तर कायम गरिराखेकी छन् ।

हालसम्म ५७ हजार १६९ मत गणना भइसक्दा एकीकृत समाजवादीकी उम्मेदवार मिनाकुमारी लामाले १७ हजार ८५३ मत प्राप्त गर्दै अग्रता बनाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार अनन्त पौडेलले १६ हजार ६३२ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् भने राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह १६ हजार ५१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

हेटौँडाको अहिलेसम्म १३ वटा वडाको मतगणना सम्पन्न भइसकेको छ भने ७ वटा वडाको मत गणना जारी रहेको छ । हेटौँडामा वडा नम्बर १, २, ३, ६, ७, १६ र १७ को वडा अध्यक्ष पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ४, ५, १४, १५, १८ र १९ को वडा अध्यक्ष पदमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ७ : ४८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका