सर्लाहीमा लोसपाको पहिलो जित « Khabarhub

सर्लाहीमा लोसपाको पहिलो जित


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सर्लाहीमा आफ्नो साख जोगाएको छ । 

गोडैता नगरपालिकामा लोकतान्त्रिक समाजवादीको तर्फबाट मेयरको उम्मेदवार बनेका देवेन्द्र कुमार यादव दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन् । यादवले ५४२ मत अन्तरले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उपेन्द्रकुमार कुशवाहकलाई पराजित गरे । जितसँगै यादवको ५ वर्षे कार्यकाल दोहोरिएको छ ।

विजयी भएका यादवले ५२९४ मत प्राप्त गरे । निकटतम देखिएका कुशवाहले ४७५२ मत मात्र पाए । योसहित कुशवाह दोस्रो पटक मेयरपदको उम्मेदवारबाट पराजित भएका हुन् । उनी २०७४ मा पनि गोडैता नगरपालिकाबाट मेयरको उम्मेदवार बनेका थिए । तर, कुशवाहले निवर्तमान मेयर यादवसँग २५५ मत अन्तरले पराजित भएका थिए । 

लगतै भएको प्रदेश सभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ को (ख) बाट निर्वाचित भएका थिए । निर्वाचित सांसद समेत रहेका उनले यस निर्वाचनको लागि मधेश प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा फेरी यसपटक पनि उम्मेदवारी दिएका हुन् ।

यस्तै उपमेयर पदमा पनि लोसपाबाट उम्मेदवार बनेकी अंजना कुशवाह निर्वाचित भएकी छन् । उनले कुल ५३०१ मत प्राप्त गरिन् । निवर्तमान उपमेयरसमेत रहेकी ८०५ मत अन्तरको जित निकालेकी हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी रामसखी देवीले ४४९३ मतमात्र प्राप्त गरिन् । 

निर्वाचित मेयर यादव र उपमेयर कुशवाह २०७४ सालमा तत्कालीन राष्ट्रिय जनतापार्टी (राजपा)बाट मेयर र उपमेयरमा निर्वाचित भएका थिए । 

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ८ : ३८ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका