सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार | Khabarhub Khabarhub

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् ।

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् ।

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : ३७ बजे

बढेन प्रदेशको बजेट, राजस्व परिचालनमा पनि कछुवाकै ताल

काठमाडौं– आइतबार सातै प्रदेशका सरकारले संघीयताको अभ्यासपछि आठौँ बजेट ल्याएका

विनियोजन विधेयक सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नाराबाजीका बीच ‘विनियोजन विधेयक

सुन-हिरामा लगाइएको करविरुद्ध व्यवसायीको आपत्ति, २५ लाख व्यक्ति प्रभावित हुने 

काठमाडौं– नेपाल रत्न तथा आभूषण सङ्घले सरकारले आर्थिक वर्ष २०८२/८३

धवल शमशेरलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री