सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार « Khabarhub

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार


५ जेठ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी भएकी छिन् । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलाे कलाकार बनेकी छिन् ।

नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उनी फ्रान्स पुगेकी हुन् ।

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइएपनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उनले भनिन्, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलाैकिक क्षण बन्याे । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

उनले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिएकी थिइन् । अडिसनमा छनोट भएर फिल्ममा अभिनयकाे मौका पाएकी थिइन् । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो ।

प्रकाशित मिति : ५ जेठ २०७९, बिहीबार  ९ : ३७ बजे

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल

जापान भूकम्प अपडेट : २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

कुमामोटो– जापानका आपतकालीन उद्धारकर्मीहरुले भुकम्पले भत्कीएको सपिङ्ग मलबाट जिवित मानिसलाई

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सरकारबारे खुश्वुको आक्रोश : नागरिकमाथि गोली बर्साएर शान्ति सुरक्षा कायम गर्न खोजेको हो ?

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक झडप