हरिवनको मेयरमा माओवादी विजयी « Khabarhub

हरिवनको मेयरमा माओवादी विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र  उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।

हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका गणेशप्रसाद प्रसाईलाई १५३ मतान्तरले पराजित गरेका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रसाईसगँ पराजित भएका बुडाथोकीको यो जितलाई बदलाको रुपमा सहेत हेरिएको छ ।

उपमेयरमा एमालेकी हरिमाया घलान १५३४ मतान्तरले विजयी भएकी छिन् । घलानले कुल ६८५५ मतसहित विजयी हासिल गर्दा  निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार पद्मा मोक्तानले ५३२१ मत मात्र प्राप्त गर्दै पराजित भइन् ।

हरिवन वडाध्यक्षमा एमालेका ५ जना, कांग्रेसका ४ जना र एकीकृत समाजवादीका दुई जना विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : ४४ बजे

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा

गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्याल्वयन गर्दै तोक्यो भाडादर  

काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम– विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।