‘प्रनेश प्रकाउ प्रकरण’मा केकीले भनिन् – समीक्षा गर्न सक्नुहुन्छ, तर‍‍‍… « Khabarhub

‘प्रनेश प्रकाउ प्रकरण’मा केकीले भनिन् – समीक्षा गर्न सक्नुहुन्छ, तर‍‍‍…


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक मिलन चाम्सले आफ्नो फिल्म ‘वीर विक्रम २’ को रिभ्यू गलत प्रयोजनले गरिएको भन्दै कमेडियन प्रनेश गौतमलाई पक्राउ गरेपछि यो सबैको चासोको विषय बनेको छ । केहीले निर्देशक मिलन चाम्सले राम्रो निर्णय लिएको प्रतिक्रिया दिएका छन् भने केहीले समीक्षा गरेको आधारमा मिलन चाम्सले पक्राउ गरेको भन्ने आरोप लगाएका छन् ।

निर्देशक चाम्सले भने आफूले समीक्षा लेखेको नभएर कलाकारको मान मर्यादामा आँच पुर्‍याएकाले उजुरी दिएको बताउँदै आएका छन् । फिल्मको एडल्ट रिभ्यू गर्ने प्रनेश गौतम ७ दिनदेखि प्रहरी हिरासतमा छन् ।

यसैबीच नायिका केकी अधिकारीले कुनै पनि फिल्मलाई लिएर समीक्षा गर्नु स्वागतयोग्य भए पनि ठट्टाको नाममा अपशब्द गाली गलौज र व्यक्तिगत मानहानी गर्ने काम कदापी स्वागतयोग्य नहुने धारणा राखेकी छिन् ।

‘मेरो चलचित्र, मेरो कामलाई लिएर तपाईंले जस्तो समीक्षा, व्यङ्ग्य गर्न सक्नुहुनेछ, यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु,’ केकीको भनाइ छ, ‘तर, ठट्टाको नाममा अपशब्द, गालीगलौज, व्यक्तिगत रुप, रंग, बनौट, धर्म, लिंगका आधारमा गरिने मानहानी कदापी स्वागयोग्य हुँदैन, नजानेका नबुझेकालाई सजायभन्दा पनि सिकाउनुपर्ने पक्षमा भने म सधै छु ।’

उनले वाक स्वतन्त्रतालाई समर्थन गर्ने तर अरुलाई हेप्ने, अरुलाई होच्याएर आफू ठूलो बन्न खोज्ने शैलीको विरोध गर्नुपर्ने धारणा राखिन् ।
केकी अधिकारीले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । यो फिल्म भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट चोरिएको भनेर कैयन् आरोप लागेका थिए । त्यसलाई केकीले सामान्य रुपमा लिएकी थिइन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : १७ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन