'प्रनेश प्रकाउ प्रकरण'मा केकीले भनिन् - समीक्षा गर्न सक्नुहुन्छ, तर‍‍‍... | Khabarhub Khabarhub

‘प्रनेश प्रकाउ प्रकरण’मा केकीले भनिन् – समीक्षा गर्न सक्नुहुन्छ, तर‍‍‍…


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – निर्देशक मिलन चाम्सले आफ्नो फिल्म ‘वीर विक्रम २’ को रिभ्यू गलत प्रयोजनले गरिएको भन्दै कमेडियन प्रनेश गौतमलाई पक्राउ गरेपछि यो सबैको चासोको विषय बनेको छ । केहीले निर्देशक मिलन चाम्सले राम्रो निर्णय लिएको प्रतिक्रिया दिएका छन् भने केहीले समीक्षा गरेको आधारमा मिलन चाम्सले पक्राउ गरेको भन्ने आरोप लगाएका छन् ।

निर्देशक चाम्सले भने आफूले समीक्षा लेखेको नभएर कलाकारको मान मर्यादामा आँच पुर्‍याएकाले उजुरी दिएको बताउँदै आएका छन् । फिल्मको एडल्ट रिभ्यू गर्ने प्रनेश गौतम ७ दिनदेखि प्रहरी हिरासतमा छन् ।

यसैबीच नायिका केकी अधिकारीले कुनै पनि फिल्मलाई लिएर समीक्षा गर्नु स्वागतयोग्य भए पनि ठट्टाको नाममा अपशब्द गाली गलौज र व्यक्तिगत मानहानी गर्ने काम कदापी स्वागतयोग्य नहुने धारणा राखेकी छिन् ।

‘मेरो चलचित्र, मेरो कामलाई लिएर तपाईंले जस्तो समीक्षा, व्यङ्ग्य गर्न सक्नुहुनेछ, यसमा सबैलाई छुट छ र म यसको खुलेर स्वागत गर्छु,’ केकीको भनाइ छ, ‘तर, ठट्टाको नाममा अपशब्द, गालीगलौज, व्यक्तिगत रुप, रंग, बनौट, धर्म, लिंगका आधारमा गरिने मानहानी कदापी स्वागयोग्य हुँदैन, नजानेका नबुझेकालाई सजायभन्दा पनि सिकाउनुपर्ने पक्षमा भने म सधै छु ।’

उनले वाक स्वतन्त्रतालाई समर्थन गर्ने तर अरुलाई हेप्ने, अरुलाई होच्याएर आफू ठूलो बन्न खोज्ने शैलीको विरोध गर्नुपर्ने धारणा राखिन् ।
केकी अधिकारीले यसअघि फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेकी थिइन् । यो फिल्म भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ बाट चोरिएको भनेर कैयन् आरोप लागेका थिए । त्यसलाई केकीले सामान्य रुपमा लिएकी थिइन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  १२ : १७ बजे

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

भोजपुर– टेम्केमैयुङ गाउँपालिका– ९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा

युक्रेनमा बमवारिबाट सबै भन्दा धेरै क्षति

किभ – यो साता युक्रेनमा भएको बमवारिबाट मर्नेको सङ्ख्या ३१

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग