साउदीमा एक महिनादेखि बेपत्ता युवा भेटिएपछि स्वदेश पठाइयो « Khabarhub

साउदीमा एक महिनादेखि बेपत्ता युवा भेटिएपछि स्वदेश पठाइयो



दोहा – रोजगारीका लागि साउदी अरब पुगेर बेपत्ता भएका नेपाली युवा भेटिएका छन् । रियादस्थित नेपाली दूतावासको सेल्टरबाटै सम्पर्कविहीन भएका सन्तोष शाह कानुको खोजी गरी नेपाल पठाइएको छ ।

दूतावासका अनुसार एक महिनाअघि दूतावासको अस्थायी सेल्टरबाट बाहिर निस्किई बेपत्ता भएका उनलाई भेटेपछि नेपाल एयरलाइन्सको उडानमार्फत नेपाल पठाइएको हो।

उनलाई प्रवेश नाम गरेका एक नेपालीले नै फेला पारी दूतावासमा सम्पर्क गरेका थिए । तत्काल उद्धार गरेर नजिकैको मेडिकल सेन्टरमा स्वास्थ्य जाँच तथा उपचार गरी दूतावासका श्रम काउन्सेलर जीवन राईको साथमा स्वदेश फर्काईएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि उनलाई आफन्तको जिम्मा लगाइएको दूतावासले जनाएको छ । डिप्रेसनको सिकार भएको र बोल्न नसक्ने अवस्थामा रहेका उनी गत १९ अप्रिलको राति सेल्टरमा रहेका अन्य नेपाली दाजुभाइहरू सुतेको मौका पारेर बाहिर निस्किएका थिए ।

दूतावासले खोजतलासको लागि साउदीस्थित सम्बन्धित प्रहरी कार्यालय खोजिदिन र नेपाली समुदायलाई कतै भेटिएमा नजिकको प्रहरी कार्यालय वा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ८ : ३८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना