निर्देशक घिमिरे वडाध्यक्षमा निर्वाचित  « Khabarhub

निर्देशक घिमिरे वडाध्यक्षमा निर्वाचित 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ – निर्देशक मुनाल घिमिरेको नामले परिचित मधुसूदन शर्मा वडाध्यक्षमा निर्वाचित भएका छन् ।

स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट घोराही उपमहानगरपालिका वडा नम्बर ४ को वडाध्यक्षमा उनले १ हजार ५ सय २५ मत ल्याउँदै निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण जीएमले १ हजार ४ सय ३३, नेकपा एकीकृत समाजवादीका भिमबहादुर सार्कीले ३ सय ७७ मत मात्र प्राप्त गरे ।

घोराही उपमहानगरपालिकामा प्रमुखमा नेकपा एमालेकै नरुलाल चौधरी र उपप्रमुखमा पनि नेकपा एमालेकी हुमाकुमारी डिसी निर्वाचित भएकी छन् ।

सन् २००८ मा फिल्म ‘खबरदार’को निर्देशन र निर्माण गरेका मोहितले यसपछि सन् २०१० मा फिल्म ‘आफ्नो मान्छे आफ्नै हुन्छ’को निर्माण गरेका थिए । उनी निर्देशित पछिल्लो फिल्म ‘इच्छा’ हो ।

यस्तै अभिनेता राज घिमिरे वडाध्यक्षमा र कलाकार किशोर भण्डारी वडा सदस्यमा विजयी भएका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १२ : ३३ बजे

निर्माण सामग्री अभावले धुलिखेल–खावा सडक प्रभावित (तस्बिरहरू)

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति तथा कालोपत्रे कार्य अन्तिम चरणमा

गण्डकी सरकारले राइड सेयरिङ नियमावली कार्याल्वयन गर्दै तोक्यो भाडादर  

काठमाडौं– गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनको भाडा

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम– विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम

सुर्तीजन्य पदार्थको सेवन त्याग्न मन्त्री मेहताको आग्रह

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सुर्तीजन्य पदार्थको सेवन

सुनको मूल्यमा एकै दिन २० हजार ५०० रुपैयाँले वृद्धि

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारि वृद्धि भएको छ ।