स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित  | Khabarhub Khabarhub

स्थानीय निर्वाचनमा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित 


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म नेकपा एमालेका १० हजार ६०९ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । 

प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । निर्वाचनमा ३५ हजार २२१ पदको लागि १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए । 

आयोगका अनुसार निर्वाचन भएकामध्ये हालसम्म ६३८ स्थानीय तहको मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका स्थानीय तहमा हालसम्म एमालेका १० हजार ६०९ जना उम्मेदवार विजयी बनेका छन् । 

प्रमुखमा ६०, अध्यक्षमा ११६, उपप्रमुखमा ७९, उपाध्यक्षमा ११८, वडा अध्यक्षमा १ हजार ९०८, महिला सदस्यमा २ हजार ८४, दलित महिला सदस्यमा २ हजार ४२ र सदस्यमा ४ हजार २०२ जना एमाले उम्मेदवार विजयी भएको अयोगले जनाएको छ । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  १ : ०० बजे

बिहान तराईमा हुस्सु, आज दिनभरको मौसम कस्तो होला ?

काठमाडौं – हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय

आज नेपालको इतिहासको गौरवपूर्ण र अविस्मरणीय दिन हो : राष्ट्रपति पौडेल

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल फागुन ७ गते बुधबार माघ शुक्ल

चलचित्र‘लाज शरणम’को प्रचारप्रसार रोक्न अदालतको आदेश

काठमाडौं – पाटन उच्च अदालतले ‘लाज शरणम’ चलचित्रको प्रचारप्रसार रोक्न