अर्घाखाँचीका पालिका प्रमुखद्वारा सपथ ग्रहण « Khabarhub

अर्घाखाँचीका पालिका प्रमुखद्वारा सपथ ग्रहण


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँची जिल्लाका पालिकामा नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूलाई सन्धिखर्कमा सपथ ग्रहण गराइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आयोजना गरिएको विशेष समारोहमा जिल्ला न्यायाधीश बासुदेव न्यौपानेले नगरपालिकाका प्रमुख तथा गाउँपालिकाका अध्यक्षहरूलाई शुक्रबार पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सपथग्रहणमा भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल, मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराई, पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ सहभागी थिए । कार्यक्रममा सन्धिखर्क नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधिलाई सम्मानसहित प्रमाणपत्रसमेत प्रदान गरिएको थियो ।

सबै स्थानीय तहका प्रमुखहरू सपथग्रहणमा सहभागी भए पनि सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठ भने सहभागी भएनन् । आफ्नी आमाको निधन भएपछि किरियाकर्ममा रहेका कारण श्रेष्ठ सपथग्रहणमा सहभागी थिएनन् ।

 श्रेष्ठलाई किरियाकर्मबाट निस्किएपछि सपथ ग्रहण गराउने तयारी गरिएको बुझिएको छ ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ३ : ३८ बजे

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार