खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ « Khabarhub

खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले लिए शपथ


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई शपथ खुवाएको हो । 

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका मेयर विमला राई, ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राई, केपिलासगढी गाउँपालिकाका अध्यक्ष समीर राई, खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई, जन्तेढुंगा गाउँपालिकाका अध्यक्ष अरुणादेबी राई, दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष लोकेन्द्र राई, बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जारा, रावाबेँसी गाउँपालिकाका फटिकुमार श्रेष्ठ र साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले शपथ लिएका हुन् ।

नवनिर्वाचित जनप्रतिनिधिलाई मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यले शपथ खुवाएका हुन् । 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ५ : १६ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना