आरजु राणाद्वारा बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध « Khabarhub

आरजु राणाद्वारा बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिए जस्तो हुन्छ, त्यसैले बलात्कारको पीडाबारे बोल्ने र कानुनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन,’ उनले उल्लेख गरेकी छिन् । 

राणाले बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्ने र न्यायको लडाइँ सुरु गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्ने सक्ने बताएकी छिन्।’

राणाका अनुसार, अन्य राष्ट्रहरूले दशकौँपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरूमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन भएका छन् । ‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं वर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बलात्कारीलाई एक वर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’ उनले प्रश्न गरेकी छिन् ।  

नेपालले पनि अब कानून परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु नहुने उनको भनाइ छ । 

‘हालै एक जना बहिनीले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु । उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विशेषगरि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानुन संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानुन फास्ट ट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु,’ उनले लेखेकी छिन् ।

आठ वर्ष अगाडि ‘ब्युटी प्याजेन्ट’ मा भाग लिएकी एक नाबालिगले आफूमाथि आयोजकले यौन दुर्व्यवहार गरेको घटना बाहिर ल्याएकी थिइन् । हदम्यादका कारण आफूले न्याय पाउने अवस्था नरहेको ती युवतीको गुनासो छ । 

 

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ७ : १२ बजे

मधेसको खानेपानी समस्या समाधान गर्न माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय मधेस प्रदेशमा सुक्खा

सेवासुविधा बढाउन विद्यालय कर्मचारीको माग

काठमाडौं– नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि नेपाल

एभरेस्ट टुरिजम अवार्ड २०२६ काठमाडौंमा सम्पन्न

काठमाडौं – एभरेस्ट टुरिजम अवार्ड २०२६ पूर्व राष्ट्रपति रामवरण यादवको

स्वास्थ्य समता शुल्क कर उठाउने निर्णयप्रति चिकित्सक संघको आपत्ति, तत्काल खारेज गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघले आगामी आर्थिक वर्ष २०८३ ८४ को

एक घण्टा ढिला गरी बसेको राष्ट्रियसभा बैठक २० मिनेटको लागि स्थगित 

काठमाडौं– राष्ट्रियसभाको बैठक सुरु भएको छ । आगामी आर्थिक वर्षका