पोखरामा नेकपा समाजवादीका आचार्य तीन हजार मतले अगाडि « Khabarhub

पोखरामा नेकपा समाजवादीका आचार्य तीन हजार मतले अगाडि


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- स्थानीय तह सदस्य निर्वाचन-0२०७९ अन्तर्गत देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकामा जारी मतगणनामा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का प्रमुखका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको जानकारी अनुसार ७२ हजार ९१८ मत गणनाको घोषित परिणामअनुसार प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४४२ मतान्तरले अघि रहेका छन् । आचार्यले २९ हजार ८०७ मत प्राप्त गर्दा उनका प्रत्याशी कृष्णबहादुर थापाले २६ हजार ३७५ मतसहित पछ्याइरहेका छन् ।

यसैगरी उपप्रमुखमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट अघि रहेकी छन् । रानाभाटले ३० हजार २६० मत प्राप्त गर्दा नेकपा एमालेका मञ्जुदेवी गुरुङको ३० हजार १७६ मत पाएकी छन् । उपमेयरका दुई उम्मेदवार गुरुङ र रानाभाटको मतान्तर भने १ सय हाराहारी मात्रै छ ।

पोखरा महानगरका ३३ वडामध्ये हालसम्म १८ वटा वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । तीमध्ये नेपाली कांग्रेसले १३ वडामा जीत हासिल गरेको छ भने एमालेले पाँच वडा जितेको छ । नेपाली कांग्रेसले वडा नं २, ३, ४, ७, ९, १२, १३, १४, २३, २४ ,२५, २६ र २७ नं वडा जितेको छ । नेकपा ९एमाले०ले वडा नं १, ५, ६, ८ र वडा नं २० मा विजयी भएको छ । पोखरामा एक लाख ४३ हजार २२६ मत खसेको थियो ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ९ : ४७ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार