राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी « Khabarhub

राप्ती नगरपालिकाको मेयरमा समाजवादीका लामा विजयी


६ जेठ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेकपा एमालेको गढका रूपमा रहेको पूर्वी चितवनको राप्ती नगरपालिका नेकपा (एकीकृत समाजवादी)ले जितेको छ । एमाले विभाजनपछि बनेको समाजवादीका शमशेर लामा राप्तीको मेयरमा निर्वाचित भएका हुन् ।

लामा ४७३ मतान्तरले विजयी भएका हुन् । उनले १२ हजार ५२४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेका गोविन्द प्रसाद कँडेलले १२ हजार ५१ मत ल्याए ।

राप्तीमा एमालेभित्र आन्तरिक विरोध रहेको थियो । यसअघिका उपमेयर इमानसिंह लामा मेयरको दौडमा थिए । तर मेयरको बलियो सम्भावना भएका इमानसिंहले मेयरको टिकट पाएनन् ।

उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र लामा २३४ मतान्तरले निर्वाचित भए । देवेन्द्रले १२ हजार ६८२ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी एमालेकी मेनुका पाठकले १२ हजार ४४८ मत ल्याइन् ।

राप्तीका १३ वडामध्ये एमालेले आठ, कांग्रेसले तीन र समाजवादीले दुई वडा जितेका छन् ।

प्रकाशित मिति : ६ जेठ २०७९, शुक्रबार  ११ : ५९ बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार