निर्वाचनमा सरकारले भ्रष्टाचार गरेको पुष्टि भयो – नेमकिपा « Khabarhub

निर्वाचनमा सरकारले भ्रष्टाचार गरेको पुष्टि भयो – नेमकिपा


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचनले सरकारमा पुगेका दलहरूले भ्रष्टाचार गरेको पुष्टि भएको आरोप लगाएको छ ।

आचारसंहिता उल्लङ्‍घन गर्दै भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने, भोज भतेर खुवाउने जस्ता क्रियाकलापले सरकारमा गएका दलहरूले भ्रष्टाचार गरेको पुष्टि गरेको आरोप लगाएको हो ।

उक्त पार्टीका सङ्‍घीय सांसद प्रेम सुवालले भ्रष्टाचार भएको भन्‍ने जनताले पहिल्यै अनुमान गरेको बताए । ‘सरकारमा जानेहरूले भ्रष्टाचार गरेकै हुनुपर्छ भन्ने जनताको अनुमान थियो । त्यो सत्य भएको देखियो । किनभने सत्ताको दुरुपयोग गर्दै आचारसंहिताविपरीत भारतीय नम्बर प्लेट भएको गाडी प्रयोग गर्ने, पैसा बाँड्ने र भोज खुवाउने काम भयो’, सांसद सुवालले भनेका छन् ।

निर्वाचनमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको पनि आरोप लगाए । निर्वाचन निष्पक्ष गर्ने भनेर गठन गरिएको निर्वाचन आयोगलाई निरीह बनाएको पनि उनको भनाइ छ ।

निर्वाचनलाई उनले अमेरिकी सहयोग परियोजना एमसीसी समर्थक र विरोधीबीचका लडाइँ भएको बताए तर, पैसा बाँड्ने र भोजभतेर खुवाएर एमसीसी समर्थकहरूले निर्वाचन जितेको आरोप लगाए ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ९ : ५० बजे

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार