बरहथवा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै  « Khabarhub

बरहथवा मेयर र उपमेयरमा एमालेको अग्रता कायमै 


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीका २० पालिका मध्ये १९ पालिकाको नतिजा आइसकेको छ भने नतिजा आउन बाँकी बरहथवा नगरपालिकाको गणना चलिरहेको छ ।

वडा नम्बर १७ मा ३ जेठमा भएको पुनः मतदान भएका कारण परिणाम आउन ढिला भएको हो । गत ३ गते बेलुकीदेखि बरहथवा नगरपालिकाकै भवनमा मतगणना जारी छ ।अहिले वडा नम्बर ५ र १३ को गणना अन्तिम भइरहेको छ ।

हालसम्मको मतगणनाअनुसार बरहथवा नगरपालिकाको मेयरमा नेकपा एमालेकी उम्मेदवार कल्पना कुमारी कटवालको अग्रता कायमै छ । उनले ७ हजार ३ सय ८५ मत प्राप्त गर्दा  नेपाली कांग्रेसका विगुप्रसाद चौधरीलाई ३ हजार ८ सय ५४, नेकपा माओवादी केन्द्रका देवानन्द महतोलाई ४ हजार ३ सय ४४, जसपाका जय प्रकाश रायलाई  हजार १ सय ९ र लोसपाका प्रमोद कुमार रौनियारले १ हजार २ सय ९३ मत प्राप्त गरेका छन् ।

उपमेयरमा नेकपा एमालेका रामबाबु प्रसाद शाहलाई ६ हजार ३ सय ३३, नेपाली कांग्रेसकी गंगा दाहाललाई ४ हजार ३ सय ६३, नेकपा माओवादी केन्द्रकी सिता देवी माझीलाई ४ हजार २ सय ८२, जसपाका मिरा सिंह कोइरीलाई २ हजार ४ सय ४० मत र लोसपाकी प्रेम शिला सिंहलाई १ हजार ३ सय ७१ मत  प्राप्त भएको छ ।

बरहथवा नगरपालिकाका वडाको सार्वजनिक नतिजा
वडा नम्बर १ मा लोसपाका राकेश सहनी -१ हजार २ सय ३२ मत
वडा नम्बर २ मा चेत बहादुर राउत -८ सय १५
वडा नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार नन्दकिशोर महतो -७ सय ६२ मत
वडा नम्बर ४ मा नेकपा एमालेका कृष्ण कुमार शाह -३ सय ४ मत
वडा नम्बर ६ मा नेपाली कांग्रेसका मोहम्मद अफताब आलम -५ सय ९६ मत
वडा नम्बर १८ मा नेकपा एमालेका अरविन्द कुमार यादव -३ सय २७ मत
वडा नम्बर १७ मा जसपाका राम विश्वास राय -७ सय ५१ मत
वडा नम्बर १६ मा नेकपा एमालेका लक्ष्मी नारायण महतो -८ सय ६०
वडा नम्बर १५ मा नेकपा एमालेका राम बहादुर चौधरी -६ सय ९५ मत
वडा नम्बर १४ मा जसपाका दिपेन्द्र प्रसाद यादव -३ सय ६८ मत

-स्थानीय तह निर्वाचन-२०७९ को अपडेटका लागि खबरहबको अन्तर्क्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : २० बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक