वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंहको अग्रता कायमै


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– मधेस प्रदेशस्थित पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार मेयर पदमा गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका राजेशमान सिंहले २८ हजार ३५२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । उनका प्रत्यासी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १४ हजार ७०५ मतसहित उनीसँग प्रतिस्पर्धामा छन् ।

यसैगरी उपमेयरमा पनि गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका इम्तियाज आलम कूल १९ हजार ९०२ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उनका प्रत्यासी लोसपाका नेता पुरुषोत्तमलाल झा चार हजार ४२३ मतसहित उनीसँग प्रतिस्पर्धामा छन्।

महानगरमा हालसम्म विभिन्न १५ वडाको मात्र मतगणना सम्पन्न भएको छ भने ३२ वटा वडा रहेको यस महानगरमा अन्य वडाको मतपरिणाम आउन बाँकी छ । मतगणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्ने बताइन्छ ।

महानगरको नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान मेयर सरावगीलाई उम्मेदवार बनाएको थियो ।

-स्थानीय तह निर्वाचन- २०७९ को अपडेटका लागि खबरहबको अन्तरक्रियात्मक वेबसाइट यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ४ : १७ बजे

कञ्चनपुरका पाँच हजार बढी किशोरीलाई आजदेखि ‘एचपीभी’ खोप लगाइँदै

कञ्चनपुर– पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपीभी’ खोप

करेन्ट लागेर मजदुरको निधन

झापा– झापाको बिर्तामोड नगरपालिका– २ चारपानेस्थित एक उद्योगमा गए राति

विश्वकपमा नेपालको दोस्रो भिडन्त बिहीबार इटालीसँग

काठमाडौं – आईसीसी टी-२० पुरुष विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले

कांग्रेसले भ्रष्टाचार अन्त्य र सुशासनका लागि काम गर्छ : सभापति थापा

सुनसरी– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई गरेको विश्वासलाई अब

निर्वाचन लक्षित ‘सुरक्षा बेस’ स्थापना

चितवन– आसन्न प्रतिनिधिसभा निर्वाचनलाई ख्याल गर्दै सशस्त्र प्रहरी बल नेपालले