इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु | Khabarhub Khabarhub

इजरायली सेनासँगको झडपमा परी प्यालेस्टाइनी किशोरको मृत्यु


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इजरायल अधिनस्थ वेस्ट ब्याङ्कको जेनिन शहर नजिक शनिबार भएको झडपमा एकजना प्यालेस्टाइनी किशोरको मृत्यु भएको छ । 

इजरायली सेनासँग भएको झडमा एकजना १७ वर्षीय किशोरको मृत्यु भएको तथा अर्का एकजना १८ वर्षका किशोर गम्भीर घाइते भएका प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टाइनी समाचार संस्था वाफाले मारिएका किशोरको नाम अमजद अल–फयद भएको बताएको छ । 

इजरायली सेनाले भने जेनिन शहरको उत्तरपश्चिममा रहेको काफ्रदान गाउँमा संदिग्धहरूले गुडिरहेको गाडीबाट आफूहरूमाथि गोली र विष्फोटक उपकरणबाट प्रहार गरेकाले जवाफी कारबाहीमा ती किशोर मारिएको स्पष्ट गरेको छ । 

वेस्ट ब्याङ्कस्थित जेनिन क्षेत्रमा सशस्त्र प्यालेस्टाइनी समूहहरूको केन्द्रमा गत महिनादेखि लगातार छापा मारिरहेको छ । संदिग्धहरूलाई पत्ता लगाउन जारी कारवाहीका क्रममा दैनिक घातक  झडपहरू भइरहेका छन् । 

यस्तै झडपमा कतारी टेलिभिजन च्यानल अल जजीराकी पत्रकार शिरिन अबु अक्लेहको हालै मृत्यु भएको थियो ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ४ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’