बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य « Khabarhub

बलिउड अभिनेत्री दिशा पटानीका ९ रोचक तथ्य


३० जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


मुम्बई – बलिउड अभिनेत्री दिशा पटानी पछिल्लो समय चर्चामा आइरहने नायिका हुन् । उनी अभिनित फिल्म ‘भारत’ सिनेमा हलमा रिलिज भइरहेको छ । ‘बागी २’ मा उनले गरेको अभिनयको खुबै चर्चा भयो ।

उनका बारेमा ९ कुरा जानौँ:

बलिउडकी यी नायिकाले आफ्नो फिल्मी करिअर तेलुगू फिल्म ‘लोफर’ बाट शुरु गरेकी थिइन् । उनी सन् २०१५ मा फिल्म क्षेत्रमा डेब्यु गरेकी थिइन् ।

फिल्ममा आउनुभन्दा पहिले दिशाले क्याटबडी डेरी मिल्कको विज्ञापनमा पनि काम गरेकी थिइन् । उनी यही विज्ञापनका कारण कतिपय मेकरको नजरमा परेकी थिइन् ।

दिशा पटानी बलिउड उद्योगमा सबैभन्दा फिट अभिनेत्रीमा एक पर्छिन् । उनले आफ्नो लूकसँग फिटनेसमा पनि खुबै ख्याल गर्छिन् ।

दिशाले एक म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले अभिनय गरेको म्युजिक भिडियो ‘बेफिक्रा’ हो । साथमा उनका ब्याइफ्रेन्ड टाइगर श्राफ पनि भिडियोमा देखिएका थिए ।

दिशाले एक अन्तर्वार्तामा बताएकी थिइन् कि, उनले आफ्नो अभिनय गर्ने इच्छा पूरा गर्न पढाइ छोडिन् । उनी मुम्बईमा जम्मा ५ सय लिएर आएकी थिइन् ।

टाइगर श्राफभन्दा पहिले दिशाले टिभी एक्टर पार्थ समथानसँग डेट गरेकी थिइन् । यी दुई झण्डै एक वर्ष सम्बन्धमा थिए ।

दिशा पटानी कलाकार हुनुका साथ डान्सर पनि हुन् । रणवीर कपूर दिशाका सबैभन्दा ठूला क्रस थिए ।

दिशाले अक्सर आफ्नो फेसनका कारण चर्चामा रहन्छिन् । उनी आफ्नो बोल्ड ड्रेसका कारण पनि चर्चामा रहिरहन रुचाउँछिन् ।

दिशा पटानी अमेरिकी फेसन ब्राण्ड केल्भिन क्लेनको ब्राण्ड एम्बास्डर हुन् । उनले केल्भिनको विज्ञापन गरेर सामाजिक सञ्जालमा तस्वीर शेयर गर्छिन् ।

प्रकाशित मिति : ३० जेठ २०७६, बिहीबार  ३ : ३८ बजे

पोखरामा रगत अभाव, रक्तदान गर्न आह्वान

कास्की– पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटी

एक्सप्रेस–टीको बालकुमारी सर्भिस सेन्टर १५ घण्टा सञ्चालनमा

काठमाडौं– एक्सप्रेस–टीले बालकुमारीस्थित आफ्नो डेडिकेटेड सर्भिस सेन्टरको सञ्चालन समय उल्लेखनीय

एमालेको दुईदिने राष्ट्रिय कार्यशाला आजदेखि हुँदै

काठमाडौँ– नेकपा एमालेको दुईदिने ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक

सम्बन्धमा धोका र न्यायमा ढिलासुस्तीले बिकराल बन्दै मनोसामाजिक समस्या

काठमाडौँ – नेकपा (एमाले) का सचिव महेश बस्नेतमाथि कारबाहीको माग

राष्ट्रियसभा बैठक बस्दै, आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक