झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी « Khabarhub

झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा एमालेका तामाङ विजयी


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- झापा जिल्लाको अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले) का उम्मेदवार बलदेव सिंह गोम्देन तामाङ मेयर पदमा निर्वाचित भएका छन् ।

तामाङले संयुक्त गठबन्धनको उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गरेका हुन् । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गरे भने कार्कीले १३ हजार ७४३  मत प्राप्त गरिन् ।

यता उपप्रमुख पदमा समेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित भइन् । उनले १७ हजार ६ सय ३७  मत प्राप्त गरिन् ।

संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र) का जितेश योञ्जनले नौ हजार ७१  मत प्राप्त गरे । २०७४ सालमा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जित हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ वटा वडा रहेको यो नगरमा वडा नं १ मा उपेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र वास्तोला कांग्रेसबाट निर्वाचित भए ।

त्यस्तै वडा नं ७ मा एमालेका गोविन्द प्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ४२ बजे

संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने : प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सामाजिक न्यायसहितको समतामूलक समाज

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज र भोलि वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदैछ

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीबाट संविधान दिवसको शुभकामना

काठमाडौँ– मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता,

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर

दमौली– तनहुँ जिल्ला दूध, मासु र अण्डामा आत्मनिर्भर बन्दै गएको

आज संविधान दिवस मनाइँदै

काठमाडौं– आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल