मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- ‘पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ‘ « Khabarhub

मुगुको छायानाथ रारा नगरपालिकाका मेयर भन्छन्- ‘पारिश्रमिकको रकमबाट बिरामी बोक्छु ‘


७ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगु जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयर विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरज्यूको भाकेर शुक्रबार पदभार ग्रहण गरेका छन् ।

नेपाली कांग्रेबाट विजयी भएका नगर प्रमुख भामले मष्टो र अन्य देवताको घण्ट छोएर भ्रष्टचार नगर्ने, कमिसन नखाने र सेवाग्राहीलाई दुःख कष्ट नदिने भनेर घण्ट छोएर कसम खाएका हुन् ।

पदभार ग्रहण कार्यक्रममा नगर प्रमुख भामले आफ्नो यो ५ वर्षे कार्यकालमा सेवाग्राहीलाई कुनै दुःख कष्ट नहोस् भन्दै देउताका नामका घण्ट छोएका थिए ।

उनले जनताको नाममा आएको रकमप्रति नजर नलगाउने स्थानीयलाई सेवाप्रवाह छिटो छरितो गर्ने बाचा कसम पनि खाएका थिए । प्रसिद्ध देवताका २ वटा घण्ट समातेर पदभार सम्हाल्दैगर्दा नगरप्रमुख भाम भावुक पनि देखिएका थिए ।

पारिश्रमिक नलिने 

जनप्रतिनिधिले पाउँदै आएको सेवा सुविधा उनले नलिने पनि घोषणा गरेका छन् । उनले २०७४ सालको स्थानीय चुनावमा वडा अध्यक्ष पदमा हुँदा कुनै पनि सेवा सुविधा लिएका थिएनन् ।

नगर प्रमुखले पाउने पाँच वर्षको पारिश्रमिक  बजेटबाट १ देखि १४ वडाका बिरामीका लागि एम्बुलेन्स उपलब्ध गराउने प्रतिबद्धता गरेका छन् ।

नगरका सम्पूर्ण बस्तीमा विद्युत् सेवा विस्तार गर्ने गमगढी बजारलाई स्वच्छ सफा राख्ने तथा नगरवासीलाई स्वच्छ खानेपानीको व्यवस्था मिलाउने भामले बाचा गरेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७९, शनिबार  ११ : ४२ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति